दफा २१
लेखा र लेखापरीक्षण

(१) परिषद्को आय व्ययको लेखा तोकिए बमोजिम राखिनेछ ।

(२) परिषद्को लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ ।

(३) नेपाल सरकारले चाहेमा परिषद्को आय व्ययको लेखा, तत्सम्बन्धी कागजात र अरु नगदी जिन्सी समेत जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।